तरहरा– धरान खण्डको जङ्गलमा चौधरीमाथि गोली प्रहार

विराटनगर । सुनसरीको तरहरा र धरानबीचको जङ्गलमा गोली चलेको छ । लुटेरा समूहले गोली चलाउँदा विराटनगर ५ का २८ वर्षे रोहित चौधरी घाइते भएका छन् । चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको हो ।

मुलघाटबाट विराटनगर आउँदै गरेका चौधरीलाई सेउती पुल नजिकै गोली हानेर लुटपाट गरिएको थियो । उनको साथमा रहेको नगद र मोवाइल फोन लुटिएको प्रहरीले जनाएको छ ।

घटनामा चौधरी गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।

शुक्रबार, ०५ साउन, २०८०, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर