विराटनगर । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले बाट तिनजना मन्त्री भएका थिए । एमालेबाट सहभागी भएका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
एमालेबाट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, र्पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा बुझाएका हुन् ।
गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त बनेका थिए ।