काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा तथ्य र प्रमाणका आधारमा दोषीलाई उन्मुक्ति नदिइने बताएका छन ।
बुधबार काठमाडौंमा आयोजित ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले व्यक्ति भन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको दाबि गरेका छन ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा लगाएत प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन ।
उनले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीति सफल गर्ने अभियानमा आफु लागेको पनि बताए ।