काठमाडौं । नेकपामाओवादी केन्द्रकाअध्यक्षएवं प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले अहिले घोषणा गरिएको समाजवादीमोर्चाबारे सबै कम्युनिष्ट र प्रगतिशीलबामपन्थीले गहिरो गरेर विचार गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार समाजवादीमोर्चा घोषणा सभालाई सम्बोधनगर्दै अध्यक्षदाहालले आफुहरुको सफलतालाई कसैले रोक्न नसक्ने बताए ।
उनले भने ‘ हाम्रो सफलतालाई कसैले रोक्न सक्दैन । हामीले हरेक पार्टीको स्वतन्त्रतालाई जर्वजस्तीसिध्याउने काम गरेका छैनौं । पार्टीको स्वतन्त्रताको रक्षाहोस्या देश र जनताको दिद्यमान समस्याको समाधान गर्न एकताको आवश्यक छ , यसलाई सबै कम्युनिष्ट र प्रगतिशीलबामपन्थीले गहिरो गरेरविचार गर्न जरुरी छ । ’
अध्यक्षदाहालले हिजोको इतिहास र त्यसलाई सफलपार्न नसकेको तीतो अनुभवलाई स्मरण गर्दै मोर्चा आवश्यक ठानिएको स्पष्ट पारे ।
उनले भने ‘ जतिजति बेला पार्टीहरुको विचमानिश्चित उद्देश्यको लागिमोर्चा बनेको छ र निश्चितविचार र उदेश्य सहितमोर्चा अगाडि बढेको छ र सफलभएको छ । तर मोर्चाको बाटोबाट नगएर फर्केर पार्टी एकता गर्छु भन्दादुर्घटना भएको छ । त्यसैले म के ठान्छु भने हिजो नेकपाको प्रस्तावक समाजवादतर्फ देशलाई लान र विशालशक्ति सञ्चय गर्ने उदेश्यका साथ अगाडि बढेको हिजोको इतिहास र त्यसलाई सफल गर्न नसकेको तीतो अनुभवलाई स्मरण गर्दै आज घोषणा गरेको मोर्चाले हिजोको अनुभवको नयाँ संश्लेषण भएको छ ।