कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूको राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छन् ।

२०७९ पुस २५ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेकी लिम्बूले पहिचान पक्षधरको आवालाई सरकारले वेवास्ता गरेकोले राजीनामा दिएको बताएकी छन् ।

प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएपनि मुख्यमन्त्रीले वेवास्ता गरेको र पहिचान पक्षधरको आवाजलाई वार्ता र सम्वादमार्फत सम्बोधन गर्न प्रस्ताव गर्दा पनि अस्वीकार गरेकोले नैतिकताको आधारमा राजीनामा दिएको लिम्बूको राजीनामा पत्रमा उल्लेख छ । जसपा संसदीय दलको नेतासमेत रहेकी लिम्बूले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको राजनीनामा पत्रमा उल्लेख गरेकी छन् ।

बुधबार, १७ जेठ, २०८०, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर