विराटनगर । फर्जी श्रेस्ता बनाई ऐलानी जग्गा हडप्ने प्रकरणमा मोरङ अदालतले रंगेली मालपोतका तीन कर्मचारी र भीमप्रसाद सिंहसहित चार जनालाई पक्राउ गर्न अनुमति दिएको छ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, मुख्य योजनाकार भनिएका सुरक्षा गार्ड कामदेव मण्डल, नायव सुब्बा रेवति अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने र जग्गा हडप्न खोज्ने भीमप्रसाद सिंहलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले उनीहरुलाई पक्राउको लागि अनुमति माग गरेपछि अदालतले पक्राउ पूर्जी जारी गरेको हो । बुधबार, पीडितहरूले संगठित रूपमा इलाका प्रहरी कार्यालय रंगेलीमा मालपोतका नायब सुब्बा रेवति अधिकारी, सहायक कम्प्युटर अपरेटर अर्जुन न्यौपाने, सुरक्षा गार्ड कामदेव मण्डल र जग्गाधनी बनाइएका भीमप्रसाद सिंहविरुद्ध ‘लिखित सम्बन्धी कसुर’मा किटानी जाहेरी दर्ता गराएका थिए ।

अब प्रहरीले उनीहरुलाई कुनै पनि बेला पक्राउ गरी थप अनुसन्धान गर्नेछ । इलाका प्रहरी कार्यालय रंगेलीले उनीहरुलाई पक्राउ गर्न लागि परेको छ ।