पुण्य पी अधिकारी
‘दुर्गा प्रसाई ।’ उनको नाम नै व्राण्ड हो । दुर्गा प्रसाई भनेपछि थप परिचय अधिकांश नेपालीलाई दिनु पर्दैन । विभिन्न सञ्चार माध्यम, युटुय्ब च्यानल, टिकटकलगायतका सामाजिक सञ्जालमा उनका अन्र्तवार्ता प्रशस्त भेटिन्छन् । जहाँ उनी अण्टसण्ट बोल्छन् ।
तिनै दुर्गाको प्रसाईले चलाएको लघुवित्त पीडित सङ्घर्षले भने लघुवित्त क्षेत्रमा कार्यरत धेरैको टाउको दुखाएको छ । लघुवित्तमा कार्यरत धेरै कर्मचारी पछिल्ला दिनमा सबैभन्दा बढी असुरक्षित भएका छन् । संस्था वा कार्यालयले दिएको जिम्मेवार अनुसार कार्य क्षेत्रमा खटिँदा जीऊज्यान नै तलमाथि हुने अवस्था देखिएको छ ।
कर्मचारीको काम हो, संस्था वा कार्यालयले दिएको आदेश मान्ने । सोही आदेश मान्ने क्रममा ०७९ फागुन २० गते उदयुपुरमा मोरङ स्थायी घर भएका जीवन विकासमा कार्यरत तीन जना कर्मचारी कुटिए, उनीहरूलाई प्रहरीले गिरफ्तार ग¥यो, वार्तापछि उनीहरू रिहाभए । ०८० जेठ ७ गते उदयपुर गाइघाटमा लघुवित्तविरूद्ध आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भयो । प्रहरी र आन्दोलनकारी घाइते भए । सङ्खुवासभामा जेठ ९ गते लघुवित्तका अर्का कर्मचारी कुटिए । समस्या समाधान भन्दा उग्र हुँदै गएको छ ।
लघुवित्तविरूद्धको आन्दोलन सुरूआत गरेका दुर्गा प्रसाईले अहिले लघुवित्त, बैङ्क वा वित्तीय संस्थाप्रति उग्र भएर अन्र्तवार्ता दिएको सामाजिक सञ्जालमा देख्न पाइँदैन । उनले किन र केका आन्दोलनको सुरूआत गरे, त्यो उनैलाई मात्र थाहा होला ।
तर, ऋण खाएर आन्दोलन गर्दा ऋण तिर्नु पर्दैन भन्ने जस्तो भ्रम फैलाएर आन्दोलनको थालनी गर्दा लघुवित्त वा वित्तीय क्षेत्रमा श्रमहरू गर्नेहरू भने मारमा परेका छन् । भलै, सबै लघुवित्त वा वित्तीय सङ्घसंस्था, सहकारी वा बैङ्कहरू सफेद छन् भन्ने त छैन ।नेपाल संविधानले धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने अधिकार व्यवस्था एवम् ब्याखा गरेको छ । धारा २५ मा सम्पत्तिको हकको व्यवस्था गरिएको छ । धारा ३३ मा रोजगारीको हक र धारा ३४ मा श्रमको हकलाई व्याख्या एवम् व्यवस्था गरिएको छ ।
हरेक नागरिकलाई राज्यले सुरक्षा दिनु, राज्यको दायित्व हो । नागरिक सुरक्षित रहन पाउनु नागरिकको अधिकार हो । यसको अर्थ सबै नागरिककापछि राज्यले सुरक्षाकर्मी खटाउने भन्ने होइन ।
लघुवित्तविरूद्धको आन्दोलनमा धेरै पीडितहरू छन् । जसको उचित संरक्षण राज्यले गर्नुपर्छ । राज्यको कानुन मान्छु भनेर दर्ता भएका लघुवित्तहरूले आफूखुशी ऋण लगानी गरेर नागरिकको उठिवास गराउने कार्य आँफैमा निन्दनीय र कानुन बमोजिम कारबाहीको भागिदार हुन्छ नै ।
तर, लघुवित्तमा श्रम गर्नेहरूलाई तारो मानेर कुटपिट गर्ने शैलीले समस्या निम्त्याउँदो छ । संस्थाले अहृाएको काम गर्दा लघुवित्त पीडित सङ्घर्ष समिति भन्दै कुटपिट गर्ने अधिकार कसैलाई छैन ।