विराटनगर । मोरङको सुकुना क्याम्पसमा स्ववियु निर्वाचन निर्वाचनको कार्यतालिकाको विषयलाई लिएर विवाद सुरु भएको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न माग राख्दै ताला लगाएपछि निर्वाचन कार्य तालिका प्रभावित बनेको थियो । निर्वाचनको प्रक्रियाको विषयलाई लिएर उच्च अदालतमा अनेरास्ववियुले मुद्दा दर्ता नै गरेको थियो ।
उच्च अदालत विराटनगरका न्यायाधीश द्वय कृष्ण कमल अधिकारी र मिलनकुमार राईको संयुक्त इजलासले मुद्दामा कुनै अन्तरिम आदेश दिन नपर्ने फैसला गरेपछि निर्वाचन समितिले यही चैत्र ६ गते बिहान ८ बजे देखी चुनाव हुने गरी निर्वाचन तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
गठबन्धन आबद्ध विद्यार्थी संगठनले तोकिएकै मितिमा चुना हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् भने एमाले निकट अनेरास्ववियुले तयारी पुरा नभएको भन्दै ९ गते चुनाव गर्नु पर्ने माग राख्दै आएको छ ।
निर्वाचन समितिले प्रहरी राखेर मात्रै कार्य तालिका सार्वजनिक गरेको छ । ६ गते बिहान चुनाव हुने निर्वाचन समितिले जनाएको छ ।
सुकुनामा एमाले निका बिद्यार्थी संगठन एक्लै छ भने सत्तारुढ दलका बिद्यार्थी संगठनले गठबन्धन गरेका छन ।

