विराटनगर । पुष्पलाल चोक घिनाघाट विराटचोक सडक खण्ड अन्तरगत विराटनगरको सिंघीया खोलामा नयाँ पुल बनाउने क्रममा पुरानो पुल छेउको भाग भत्किएको छ ।
कोशी प्रदेश सरकारको गौरव आयोजना अन्तरगत निर्माणाधिन घिनाघाट विराटचोक सडक खण्डको सिंघीया खोलामा नयाँ पुलको निर्माण गर्ने क्रममा पुरानो पुलको पुष्पलाल चोक तिरको भाग भत्किएको हो । पुल भत्केको सूचना नदिँदा हजारौँ यात्रुले दुःख पाइरहेका छन् ।
याे सडक पूर्वबाट प्रदेश राजधानी विराटनगर जोड्ने छोटो बाटो हो । त्यो बाटो हुँदै हजारौँ सवारीका साधन दैनिक ओहोरदोहोर गर्छन् । तर पुलको छेउको भाग भत्किएर बाटाे अबरुद्ध हुँदा समेत सूचना जारी नगरेपछि आफूहरूले दुःख पाउने गरेको यात्रुहरूले बताएका छन् ।
बाटाे अबरुद्ध भएकाे विषयमा जानकारी नहुँदा यात्रुहरूलाई पुल भत्किएकाे स्थानमा आएर पुनः फर्केर मिलन चोकबाट घुमेर जिल्ला प्रहरी कार्यालय छेउको बाटो हुँदै विराटनगर आउनु पर्ने बाध्यता छ ।