विराटनगर ।नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङमा विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

पार्टीका अनुसार मोरङको कानेपोखरी गाउँपालिकामा वृक्षरोपण र सरसफाई अभियान सञ्चालन गरिएको छ । यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि सम्पन्न गरिएको छ ।

मोरङकै बेलबारी नगरपालिकामा पार्टी सदस्यता नविकरण शिविर सञ्चालन भइरहेको एमाले मोरङले जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार जिल्लाका १७ वटै पालिकाका वडास्तरमा विभिन्न सामाजिक कार्यसँगै रचनात्मक कामहरु भइरहेको छ ।
सबै पालिकामा आ–आफ्ना आवश्यकता अनुसारका काम गर्दै जनताका माझमा पुग्ने काम भइरहेको पार्टीले जनाएको छ ।