प्रादेशिक सञ्चार प्रतिष्ठानमा भएको नियुक्ति पत्रकारहरुले अस्वीकार गर्ने

विराटनगर । प्रदेश सरकारले विधि, पद्दति र मापदण्ड विपरित प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा गरेको राजनीतिक नियुक्तिलाई पत्रकार सम्बन्धित संघसंस्थाहरुले अस्वीकार गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन र प्रेस मञ्च नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गरी साझा संस्थाको मर्यादा र भावना विपरित भइरहेका निर्णय र नियुक्तिलाई स्वीकार गर्न नसकिने भन्दै विरोध जनाएको हो ।

नेपाल प्रेस युनियन प्रदेश १ का सचिव धनबहादुर पुरी, प्रेस सेन्टर प्रदेश १ का संयोजक श्रीशीशा राई, समाजवादी प्रेस संगठन प्रदेश १ का इन्चार्ज तीर्थ सिग्देल र प्रेस मञ्च नेपालका संघीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज कमन देवानले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ‘प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पुरा गर्ने माध्यम नबनाउन र पत्रकारिता जस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न माग गर्दछौँ साथै भइरहेका नियुक्ति तत्काल रोक्न र भएका नियुक्ति खारेज गर्न जोडदार माग गर्दछौँ । गलत ढंगबाट भएका यस्ता नियुक्तिलाई सहजरुपमा स्वीकार गर्न नसकिने स्पष्ट गर्दछौं ।’

शुक्रबार, ०५ कार्तिक, २०७८, बिहानको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर