विराटनगर । तराईंका जिल्लाहरुमा मंगलबार उल्लासकासाथ होली पर्व मनाएको छ । विराटनगरको चोक चोकमा सांगीतिक ब्यान्ड र डीजेसहितको होली कार्यक्रम आयोजना गरिएका छन् ।

विराटनगरको बरगाछी, महेन्द्रचौक भट्टीमोड, देवकोटा चौक लगायतका स्थानमा युवाहरु भेला भएर नाचगानसहित होली मनाइरहेका छन् । बजारका प्रायः पसल बन्द रहे पनि होली मनाउनेहरुका कारण सडकमा भीड छ । बरगाछीमा स्थानीय युवाहरुले सांगीतिक ब्यान्डसहितको होली कार्यक्रम आयोजना गरी दिनभरी रमाईलो गरे ।