विराटनगर । विराटनगर जेसीजले विद्यालयलाई ह्वाइट बोर्ड र शैक्षिक सामग्री वितरण गरेको छ ।
जेसीजको स्वर्ण जयन्तीको अवसरमा विराटनगर १४ को बाल माध्यामिक विद्यालयलाई ‘भविस्य लेख्ने व्हाइट बोर्ड तथा शैक्षिक सामग्री’ वितरण गरेको हो ।
प्रदेश सभा सदस्य अमृत अर्यालले विद्यालयलाई ह्वाइट बोर्ड तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराए । कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष सुशिल रिजाल पनि उपस्थ्ति थिए ।
कार्यक्रमका प्रमुख अतिथि अर्यालले जेसीजले विद्यालयको आवश्यकता पहिचान गरेर शैक्षिक सामग्री उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । उनले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा जोड दिँदै सबै विद्यालय बालमैत्री बनाउन आग्रह गरे ।
स्वर्ण जयन्ती जेसीज सप्ताहका मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले जेसीज नेतृत्व विकासका लागि संस्था स्थापना गरेको भएपनि सामाजिक आवश्यकताका आधारमा सहयोग गर्दै आएको बताए ।
अध्यक्ष अभिनास थापाले आगामी दिनमा शैक्षिक सामग्री बाहेक थप क्षेत्रमा काम गर्ने बताए । कार्यक्रममा स्वर्ण जयन्ती मूल आयोजक समितिका संयोजक गोपाल गुप्ता , पूर्व राष्ट्रिय अध्यक्ष फूलकुमार लालवानी, बोर्ड अफ ट्रस्ट अध्यक्ष टिकाराज ढकाल लगायतको उपस्थिति थियो ।

