विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि १० वटा विद्यार्थी संगठन दर्ता गराएका छन् ।

आगामी चैत ५ गते हुने निर्वाचनको लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार १० संगठनले दल दर्ता गराएका हुन् ।

निर्वाचनको लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु), अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्वियु), लोकतान्त्रिक विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी मञ्च, विद्यार्थी जनमत संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन दर्ता भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृत डा.शुशिलकुमार अधिकारीले जानकारी दिए । दर्ता भएका विद्यार्थी संगठनले मात्र निर्वाचनमा भाग लिन पाउने व्यजस्था छ ।

निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संगठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्नेछ । यस्तै, स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ ।