मोरङ ६(२) अपडेट : मतअन्तर बढाउँदै केदार कार्की

विराटनगर । मोरङको क्षेत्र नम्बर ६(२) मा प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सुरूवातदेखि निरन्तर अग्रता कायम गरेका छन् । विराटनगर महानगरपालिकाको ६ नम्बर वडाको मत गणना गर्दा कार्कीले ७३९ मतले अग्रता लिएका हुन् ।

अहिले यो वडामा गणना भइरहेको छ । कार्कीले ३ हजार ३९२ मत ल्याएर अग्रता अगाडि बढाउँदा एमालेका उम्मेदवार पर्शुराम बस्नेतले २ हजार ६५३ मत ल्याएर पछ्याउँदैछन् ।
मोरङ क्षेत्र नं. ६(२) मा विराटनगरको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा पर्दछन् । अहिलेसम्म विराटनगर ५ नम्बर वडाको मात्र मत गणना सम्पन्न भएको छ । ५ नम्बर वडाको मत गणना सकिदा कार्कीले अग्रता लिएका थिए । यो वडामा कार्कीले ४१९ मतले अग्रता लिएका थिए ।

बिहिबार, ०८ मंसिर, २०७९, रातीको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर