विराटचोक । मोरङको सुन्दरहैँचा नगरपालिकाको ज्येष्ठ नागरिक समाज कार्यसमितिको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोह सम्पन्न भएको छ ।
अध्यक्ष रामकुमार कार्की , उपाध्यक्ष मुगमाया अधिकारी, उपाध्यक्ष पूर्णप्रसाद ढकाल, महासचिव रामप्रसाद गजुरेल, सचिव प्रेमप्रसाद दंगाल,कोषध्यक्ष मित्रप्रसाद दंगाल चयन भएका छन् । सदस्यहरुमा यज्ञ प्रसाद पौडेल, भिमप्रसाद खतिवडा, रुद्र प्रसाद पोखरेल, उमेशकुमार चौलागाई , राम बहादुर श्रेष्ठ, गंगाबहादुर पराजुली, शङ्करमान कार्की, देवी प्रसाद लुइटेल, योगराज कार्की, गोबिन्द्र बहादुर कार्की, भालानाथ बजगाई, शिवप्रसाद दाहाल, प्रमिला कार्की, सितादेवी अधिकारी, बिन्दा कुमारी चौधरी, मनबहादुर दर्जी, बिन्द देवी बजगाई सहित १७ जना चयन भएका छन् ।
त्यसैगरी लेखा संयोजक राजाबाबु स्वार, ओमप्रसाद भण्डारी र इन्द्रबहादुर चापागाई चयन भएका छन् । कार्यक्रममा नव निर्वाचितहरुलाई निर्वाचन समिति संयोजक गोबिन्द्र बहादुर कार्की , सुन्दरहरैँचा वडा नं. ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ , ज्येष्ठ नागरिक समाजका सल्लाहकार भक्तबहादुर श्रेष्ठले शुभकामना दिएका थिए ।

