अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने निकाय होइन : ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने निकाय नभएको बताएका छन् ।

आज मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा २०० शय्या क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्‌घाटनपछि माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो ?भन्ने प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा पिक्षीहरूले अहिलेको सरकारले पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिशोध साँधेको आरोप लगाउँदै आएका छन् ।

उनले अख्तियार प्रयोग हुने निकाय नभई स्वतन्त्र तवरबाट काम गर्ने संस्था भएको बताए ।

शनिबार, २५ जेठ, २०८२, साँझको ०६:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर