दैलेख । दैलेखमा विवाह गरेको तीन महिनामै श्रीमानले श्रीमतीको हत्या गरेका छन ।
गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ बर्सिया श्रीमती पार्वती बिसीलाई सोमबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनीहरूले मङ्सिर महिनामा विवाह गरेका थिए ।
खड्काले काठको गरालोले हान्दा उनको श्रीमतीको मृत्यु भएको हो । श्रीमान् श्रीमतीबिच सामान्य विवाद हुँदा श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान् कृष्णलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले जानकारी दिए ।

