काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। । संघीय सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ता हुनेछ ।

माघ ७ गते सभामुख निर्वाचन हुनेछ । प्रतिनिधिसभाको बैठक भोलि बिहीबारका लागि आव्हान गरिएको छ । मनोनयन दर्तापछि लगत्तै ४: १५ बजे मनोनयन दर्ताको सूची प्रकाशन गर्ने सचिवालयले जनाएको छ ।

सभामुखका लागि सत्ता साझेदार प्रमुख दल नेकपा (एमाले)ं ले दावी गरेको छ । यसबारे दलहरुबीच सहमति बनेको छ । एमालेले दलको तर्फबाट झापाका देवराज घिमिरेलाई सभामुख बनाउने तयारी गरेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा सभामुखमा निर्वाचित हुनका लागि बहुमत १३८ मत ल्याउनुपर्ने हुन्छ । सत्ता साझेदार दलबीच स्पष्ट बहुमत रहेकाले अधिकारी सभामुखमा निर्वाचित हुने पक्का जस्तै छ ।

नेपाली कांग्रेसले अहिलेसम्म सभामुखमा उम्मेदवारी दिनेबारे सार्वजनिक गरिसकेको छैन । सभामुखमा कांग्रेसको उम्मेदवारी परेमा मतदान हुनेछ । एक जनाको मात्र उम्मेदवारी परेमा सर्वसम्मत सभामुख निर्वाचित हुने सचिवालयले जनाएको छ ।