काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ ।

फ्रान्सेली–इटालियन कन्सोर्टियम उक्त विमानले १५ वर्षदेखि उडान भरिरहेको हो ।

विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान भरेको थियो । ७५४ सिरियल नम्बरको यो विमान १७ अगस्ट २००७ मा कम्पनीले भारतीय किंगफियर एयरलाइन्सलाई डेलिभर गरेको थियो ।

किंगफिसरले भीटी–केएजे कलसाइनमा यो विमान ३० मार्च २०१३ सम्म उडाएको पाइएको छ । अप्रिल २०१३ देखि यो विमान थाइल्यान्डको नोक एयरले किनेको थियो । एनओकेले एचएस–डीआरडी कलसाइनमा उडाएको यो विमान २० अप्रिल २०१९ मा यती एयरलाइन्सले किनेको थियो ।

विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डोमो उडान पनि भरेको थियो । नेपालमा सामान्य अवस्थामा उडिरहेको विमान आइतबार पोखरामा अवतरणको क्रममा दुर्घटनामा परेको हो ।