काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकका सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको जनाएको छ ।
पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने तयारीमा माओवादी जुटेको हो । समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नभएको मुख्यसचिव श्रीराम ढकाले बताए ।
निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधि सभामा समानुपातिक तर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी केन्द्रका १८ र समानुपातिकतर्फ १४ सांसद निर्वाचित भएका छन्।