काठमाडौं । सत्ता साझेदार दलहरुले बिहीबारसम्म सरकारको साझा कार्यक्रमको मस्यौदा टुङ्गाउने भएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरुको बैठकमा न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भएको र बिहीबारसम्म मस्यौदाको टुङ्गो लाग्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकारको काम कारबाहीका विषयमा पनि छलफल भएको उनले बताए ।

उपप्रधानमन्त्री लामिछानेले सत्ता साझेदार दलहरुबीच मन्त्रालय फुटाउने विषयका कुनै छलफल नै नभएको र त्यस्तो सोच पनि नरहेको स्पष्ट पारे ।

उनले सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने जानकारी दिए ।