विराट व्यापार संघ महिला उपसमितिको पहलमा ४० घरपरिवारलाई राहत वितरण

विराटनगर । विराट व्यापार संघ महिला उपसमितिको पहलमा मोरङ विराटनगर ८ का ४० घर परिवारलाई राहत वितरण गरिएको छ ।

समितिले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको उपस्थितिमा विराटनगर ८ बालगोपाल टोल सुकुमबासी बस्तीका ४० घरपरिवारलाई ४० थान त्रिपाल ४० थान झुल र चिउरा, भुजा ,चाउचाउसमेतको खाद्यान्न वितरण गरिएको हो ।

उनीहरु केही दिनअगाडि परेको बेमौसमी अविरल वर्षाका कारण विस्थापित भएका थिए । राहत वितरणमा विराट व्यापार संघका अध्यक्ष सुजन थापा, महिला उपसमितिका सचिव सन्जु सापकोटा, कोषाध्यक्ष सरस्वती दाहाल ओझालगायतको उपस्थिति थियो ।

सोमबार, ०८ कार्तिक, २०७८, रातीको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर