प्रचण्डको नेतृत्वको सरकारमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल(‘प्रचण्ड)को नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेकी हुन् ।

प्रचण्डले तीन उपप्रधानमन्त्री बनाएका छन । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूवार्धार तथा यातायातमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।

त्यस्तै एमालेका दामोदर भण्डारी, ज्वालाकुमारी शाह र राजेन्द्रकुमार राई तथा जनत पार्टीका अब्दुल खानले पनि मन्त्री पदको शपथ लिएका छन् । मन्त्रीहरूको कार्यविभाजन गरीएको छैन ।

सोमबार, ११ पुष, २०७९, दिउँसोको ०४:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर