नयाँ राजनीतिक घटनाक्रमले एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने देखायो : कार्की

विराटनगर । नेकपा एमालेले प्रदेश १ संसदीय दलका नवनिर्वाचित नेता हिक्मतबहादुर कार्कीले नयाँ राजनितिक घटनाक्रमले एमालेको नेतृत्वमा प्रदेश सरकार बन्ने देखाएको बताएका छन् ।

राष्ट्रिय राजनीतिको घटना क्रमले प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको उनले बताए । संसदीय दलको नेता चयन भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता कार्कीले भने, ‘घण्टा–घण्टामा राष्ट्रिय राजनीतिमा परिवर्तन भएका खबरहरू तपाईंहरूले सुन्नु भएकै छ । त्यही घटनाक्रमले प्रदेश १ को ठूलो दल एमाले भएकाले एमालेकै नेतृत्वमा सरकार बन्छ ।’

उनले आजैदेखि वार्ता गर्ने समेत बताएका छन । नेकपा एमालेले प्रदेश १ को सरकार गठनका लागि अन्य दलसँग वार्ता र सम्वाद गर्न समिति बनाएको छ ।

उनले प्रदेशको नामकरण समेत छिटै सहमतिका आधारमा टुग्याउने बताएका छन ।

एमालेले प्रदेश १ संसदीय दलका नेता हिकमत कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिका सदस्यहरूमा तिलकुमार मेन्याङ्बो, रेवतीरमण भण्डारी, सिर्जना राई र लिलाबल्लभ अधिकारी छन् ।

प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ सिट जितेको छ । एमाले प्रदेशसभामा सबैभन्दा ठूलो दल हो ।

आइतबार, १० पुष, २०७९, दिउँसोको ०४:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर