विराटनगर ।धरान उप–महानगरपालिकाका का प्रमुख राजनीतिक दलहरूले नगरप्रमुख हर्क साम्पाङलाई सामूहिक नेतृत्वको अवधारणामा अघि बढ्न सुझाव दिएका छन् । आइतवार विज्ञप्ति जारी गर्दै दलहरुले साम्पाङलाई समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न सुझाव दिएका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै साम्पाङलाई अराजक नबन्न सचेत गराएका हुन् । तीन दिनअघि बसेको नगरकार्यपालिका बैठकमा प्रमुख साम्पाङ कार्यपालिका सदस्यहरूविरुद्ध अराजक ढंगले प्रस्तुत भएकाले उनलाई सचेत गराउन विज्ञप्ति जारी गरिएको जनाइएको ।
उनीहरूले हिजोको राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिएको स्मरण गर्दै हिजोको आन्दोलनमा योगदान नभएका ‘छदमभेषी’ व्यक्तिले अराजकता मच्चाइरहेको आरोप लगाएका छन् ।


