विराटनगर । विराटनगर १५ विराटनगर भन्सार कार्यालयको तीन नम्बर गेटमा भारतबाट तस्करी भएर आएको लत्ताकपडा नियन्त्रण लिन खोज्दा भन्सारका कर्मचारीमाथि हातपात गर्ने तस्कर समूहका एक जना सदस्य पक्राउ परेका छन् ।
भन्सार कर्मचारीमाथि अभद्र व्यवहार गरेका तस्कर समूह मध्येका एक जना सदस्यलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का २९ वर्षीय मोहम्मद सदाम मिया रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
गत शुक्रवार राती साढे १० बजे विराटनगर महानगरपालिका वडा नं।–१५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा भारतबाट अवैध भन्सार छलिका सामान नेपालतर्फ पैठारी गरेको सूचनाको आधारमा विराटनगर मूल भन्सार कार्यालयबाट ७ जनाको कर्मचारीहरू खटिएका थिए । अवैध भन्सार छलिका सामान नियन्त्रणमा लिने क्रममा हुल हुज्जत गरी सामान र सवारी साधन भगाएका थिए । अवैध समान भगाउने मध्येका तस्कर समूहका सदस्य मियालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको हो । मियाले तस्करीको सामान राखेको लत्ता कपडा भगाउन सफल भएको १ च २२३५ नम्बरको सवारी साधन र अन्दाजी ४ लाख बराबरको कपडा पनि बरामद गरेको छ । उक्त अवैध सामान भारत दशगजा क्षेत्र भित्र लुकाई छिपाई राखेको अन्दाजी १ लाख ५० हजार बराबरको सामान प्रहरीको समन्वयमा सशस्त्र सीमा सुरक्षा बल ९भारत० बाट बरामद गरी नियन्त्रणमा लिएको छ ।
भन्सारका कर्मचारीले नियन्त्रण लिन खोज्दा तस्कर समूहले आक्रमण गरी अवैध सामान लिएर जाने नेपाल भारत सीमा क्षेत्रमा बसोबासो गर्ने चाँदनी खातुनको समूह रहेको भन्सारको सिसी टिभी फुटेजबाट खुलेको छ । खातुनसहित समिम, सदरे आलम, मजिनाको समूहले आक्रमण गरी तस्करीको लत्ता कपडा भगाएको आरोप लागेको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले प्रहरी कार्यालय अगाडि नै तस्करीको सामान गाडीमा लोड भइरहेको सूचना आएपछि सात कर्मचारीको टोली गएर नियन्त्रणमा लिएको बताए । सामानसहितको सवारी र चालकलाई नियन्त्रणमा लिएर सीमा प्रहरी चौकी अगाडि आइपुगेपछि प्रहरीले सुरक्षा दिनुको साटो कार्यालयभित्र पसेपछि उक्त घटना भएको उनले गुनासो छ ।
खुल्ला सीमाको फाइदा उठाउँदै अवैध सामान नेपालतिर आइरहँदा सुरक्षा निकायबाट सहयोग नहुँदा तस्कर समूहको आक्रमणमा परेको उनले बताए । यो घटनाले तस्करी नियन्त्रणमा प्रहरी प्रशासनबाट असहयोग भएको उनको आरोप छ ।
आइतबार भन्सार कार्यालयले राजस्व चुहावट समितिको विराटनगर भन्सार कार्यालयमा बैठक बसेको थियो । उक्त बैठकले चोरी तस्करी नियन्त्रण गर्ने र भन्सार कर्मचारीमाथि हातपात गर्नेलाई कारबाही गर्ने निर्णय भएको सूचना अधिकारी ढुङ्गानाले बताए ।

