विराटनगर । प्रहरी भन्दै ठगी गर्दै हिडेका एक व्यक्तिलाई प्रहरले पक्राउ गरेको छ । मोरङको पथरीबाट प्रहरीले स्थानीय सन्तोषकुमार कन्दङ्वालाई पक्राउ गरेको हो ।

कन्दङ्वाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।
पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कन्दङ्वाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफूलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । कन्दङ्वाको साथबाट एक थान मोबाइल, १७ हजार रुपैयाँ नगद र को ३२ प ५९८९ नं को मोटरसाइकलसमेत बरामद गरिएको गौतमले जानकारी दिए ।