मोरङको खदम क्याम्पसमा अनेरास्ववियुका कन्दङ्वा विजयी

मोरङ । केरावारीको खदम क्याम्पसमा अनेरास्ववियुका उम्मेद्वार विजयी भएका छन् ।

खदम क्याम्पसमा काङ्ग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनको संयुक्त गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुका उमेद्वार संगम कन्दङ्वा विजयी भएका हुन् ।

कन्दङ्वाले ५८ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका सिमान्त लुइँटेलले २८ मत पाए ।

त्यसैगरी कोषाध्यक्षमा पनि अनेरास्ववियुका सन्देश भण्डारी बिजयी भएका छन् ।

भण्डारीले ५८ मत प्राप्त गर्दा गठबन्धनका फेमस बराइलीले २९ मत पाए ।

खदम क्याम्पसमा ११ सदस्यीय समितिका लागि ९ जना निर्विरोध निर्वाचित भएका थिए ।

मङ्गलबार, ०४ चैत, २०८१, साँझको ०७:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर