विराटनगर । काँग्रेसका मान बहादुर लिम्बु प्रदेशसभाको निर्वाचनमा समानुपातिक बन्द सुचिमा नाम पार्नका लागि बल गरेका थिए । तर उनलाई पाटीले पत्याएन । त्यसपछि उनले प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट लिन दौडधुप गरे । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेस क्षेत्रीय समितिले उनीसहित चार जनाको नाम सिफारिस गरेको थियो । तर उनले टिकट पाएन्न । शेखर चन्द्र थापाले टिकट हुतियाए । तर शेखरले मनोनयन दर्ता गर्न मात्रै भ्याए । टिकट पाएपछि लिम्बू शेखरलाई चुनाव जिताउने अभियानमा खट्ने तयारीमा थिए । मनोनयन दर्ता गरेको भोलिपल्ट नै थापा बिरामी भएर अस्पतालमा भर्ना भए ।
थापा डेगु सक्रमण भएपछि नोवेल अस्पतालमा भर्ना भएका हुन । उपचारकै क्रममा थापाको निधन भयो । थापाको निधन भएपछि पुन टिकट लागि नेताहरुको दौडधुप सुरु भयो । मृत्क थापाकै श्रीमति लक्ष्मि थापाले पनि इच्छा राखेकी थिइन । तर पाटीले लिम्बुलाइ टिकट दियो । लिम्बु काग्रेसका महामन्त्री विश्व प्रकास शर्माको समकक्षि हुन ।
पाटीको सक्रिय राजनिति लागेको ३७ वर्षपछि लिम्बुले प्रदेशसभाको टिकट पाएका थिए । नेविसंघको राजनितिमा मार्फत सक्रिय भएका लिम्बु ५४ वर्षका भए । नेविसघको जिल्ला अध्यक्ष, तरुणदलको जिल्ला सचिव, पाटीको जिल्ला कमटि सदस्य भएका थिए । १३ औ जिल्ला अधिबेशनमा उनी जिल्ला सचिवमा पराजित बनेका थिए । १४ औं महाधिबेशनमा भने महासमिति सदस्यमा निर्वाचित भएका थिए ।
समानुपातिक सुचिमा नाम पार्न वल गरेका लिम्बुले चुनाव जिते । लिम्बुले १९हजार ७४९ मत ल्याएर विजयी भएका हुन । एमालेका दिलीप राईलाई पछि पार्दै उनि विजयी भएका हुन । दिलिपले १४ हजार ८ सय १७ मत मात्रै ल्याएका थिए ।