विराटनगर । झापाको क्षेत्र नं. १ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छिन् ।
उनले नेकपा माओवादी केन्द्रका उम्मेद्वार श्यामविर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गरेकी हुन् । बजगाईले १३ हजार ६१२ मत प्राप्त गर्दा लिम्बूले १२ हजार २२४ मत प्राप्त गरेका थिए ।