स्कटल्यान्डमाथिजित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल cfh नेदरल्यान्ड्ससँग भिड्दै छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल आज उच्च मनोबलका साथ मैदानमा plqg] 5 . यो खेल बुधबार दिउँसो नेपाली समय अनुसार ३M४५ बजे सुरु हुनेछ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज नेपालले दोस्रो खेल खेल्न लागेको हो। सात महिनापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपालका लाई लिग –२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ।

सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल अहिले लिग–२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ। १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ।

शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र आठौं स्थानमा रहेको संयुक्त अरब इमिरेट्स -युएई_को १६ खेलबाट ६ अङ्क मात्र छ।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सन झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललित राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्।

बुधबार, २२ जेठ, २०८२, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर