विराटनगर। झापा क्षेत्र नं. २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।
राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाए । कार्की २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।