विराटनगर । संखुवासभा र तेह्रथुममा पनि मतगणना सुरु भएको छ । तेह्रथुममा अहिलेसम्म १००३ मत गणना हुदाँ एमालेले सुरुवाती अग्रता लिएको छ ।
एमालेका डाक्टर विजय सुब्बाले ५६० मत प्राप्त गरेका छन भने कांग्रेसकी सिता गुरुङले ३९७ मत प्राप्त गरेकी छिन ।
प्रदेश सभा २ मा भने माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईले अग्रता लिएका छन् । उनले २५७ मत प्राप्त गरेका छन । एमालेका तेजमान कन्दङ्वाले २३१ मत प्राप्त गरेका छन ।
उता संखुवासभाको प्रारम्भिक गणनामा नेपाली काँग्रेसका दिप खड्काले अग्रता लिएका छन् । खड्काले ९४१ मत प्राप्त गर्दा नेकपा एमालेका राजेन्द्र गौतमले ९३८ मत पाएका छन् ।

