विराटनगर । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा पाँचथरमा नेपाली काँग्रेसका भिष्मराज आङ्दम्बेले अग्रता लिएका छन् ।

अहिलेसम्म ८५९६ मत गणना भएकोमा आङ्दम्बेले ३७७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार वसन्त नेम्बाङले ३५०८ मत प्राप्त गरेका छ । सुरुवाती गणनामा नेम्बाङको अग्रता भएपनि अहिले आङ्दम्बे अगाडि बढेका हुन् ।