झापामा हावा हुण्डरीले घर भत्काउँदा एक जनाको मृत्यु

विराटनगर । झापामा हावा हुण्डरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ।

गए राति आएको हावा हुण्डरीले घर भत्काउँदा हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

टिनको छाना भएको घर भत्किँदा त्यसको बिमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिहिबार, ०२ जेठ, २०८२, बिहानको ०८:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर