विराटनगर । मोरङका चार स्थानबाट मतगणना गरिने भएको छ । उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगरका चार स्थानमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले मोरङले जनाएको छ ।

मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र नम्बर ३ मतगणना बेलबारी नगरपालिकाको भगवती माध्यमिक विद्यालयमा गरिने जनाइएको छ । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिने मुख्य निर्वाचन अधिकृत दुर्गा प्रसाद ढुङ्गेलले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको छ । मतगणना स्थलमा सिसी क्यामेरा जडान गरी सकिएको छ भने वासका भाटाले बारिएको समेत छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको छ । आवश्यकता परे अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत ढुङ्गेलले बताए । मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको छ । ५ गते बिहान देखी मतगणना गर्ने जनाइएको छ ।

यस्तै ६ वटै क्षेत्रको निर्वाचन परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालय बाट पनि सार्वजनिक गरिने ढुङ्गेलले बताए ।