पाँचखपनका सुकुम्बासी परिवारलाई लालपुर्जा

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकामा २६ सुकुम्बासी परिवारलाई जग्गा धनी लालपुर्जा पाएका छन् । राष्ट्रिय भुमि आयोग संखुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भुमीहिन दलित तथा सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराएको हो ।

पाँचखपन नगरपालिकामा २६ सुकुम्बासी परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको राष्ट्रिय भुमी आयोग संखुवासभाका अध्यक्ष शंकरमान कँडेलले जानकारी दिए । भुमिहिन तथा सुकुम्बासी छनौटको विभिन्न चरणहरु पार गरेर उनीहरुलाई जग्गा उपलब्ध गराईएको आयोगका कँडेलले बताए ।

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकोमा २ जनाको विवरणमाथि थप अध्ययन गर्नुपर्ने भएकोले तत्काल २६ जनालाई मात्र लालपुर्जा वितरण गरिएको पाँचखपन नगरपालिका नगर प्रमुख विपीन राईले बताए । नगरपालिकाको वाना बजारदेखि सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा उनीहरुलाई उपलब्ध गराइएको हो ।

भुमिहिन तथा सुकुम्बासीहरु यसअघि आफन्त तथा गाउँलेहरुको जमिनमा आश्रय लिएर बस्दै आएका थिए । अहिले भने उनीहरुले करेसाबारीसहित एक घर अट्ने जमिन पाएका छन् ।

प्राप्त भएको जमिन कम्तिमा १० बर्षसम्म बिक्री गर्न नपाउने र त्यसपछि पनि भुमिहिन हुनेगरि बेच्न नपाउने ब्यवस्था रहेको राष्ट्रिय भुमी आयोग संखुवासभाले जनाएको छ ।

बिहिबार, १४ मंसिर, २०८०, बिहानको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर