ओखलढुंगा । १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा सुनकोशी गाउँपालिका –८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।