विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगी भीम घिमिरेसहित ६ जनालाई सम्मान गरेको छ ।
वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका घिमिरेसहित ब्रम्हाकुमारी राजयोगकी ब्रम्हाकुमारी गीता ख्वाखली, शिक्षासेवी सहप्रध्यापक राधेश्याम राठीलाई सम्मान गरेको हो । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठलाई पनि कलेजले सम्मान गरेको छ । यसैगरी कलेजका शिक्षक प्रा.डा. नन्दलाल साह र सहप्राध्यापक प्रदीपकुमार दुबे पनि सम्मानित भएका छन् ।
उनीहरु सबैलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला र कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । उद्योग, समाजसेवा र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उनीहरुलाई सम्मान गरिएको कलेजका निर्देशक एफसीए अश्विनी वंशलले जानकारी दिए ।