विराटनगर । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको हो ।
जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा ललितपुरमा निधन भएको थियो ।

