विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल भई राष्ट्रिय पहिचान बनाएको विराटनगरस्थित मेरिल्यान्ड कलेजले अर्को सफलता हात पारेको छ ।
त्रि।बि। अन्तरगत महेन्द्र मोरङ क्याम्पस द्वारा बिबिएका लागि लिइएको प्रवेश परीक्षामा मेरिल्यान्डकी छात्रा द्वय निशा बानिया र स्नेहा ढकालले क्रमशः ८२ र ८०।९५ अङ्क ल्याएर प्रथम र द्वितीय स्थान हात पार्न सफल भएका हुन् ।
करिब ९०० विद्यार्थीले परीक्षा दिएकोमा मेरिल्यान्डका दुई जना छात्रा सहित मेरिल्यान्डकै थुप्रै विद्यार्थीहरूले सफलता हासिल गरेका छन् । गत वर्ष पनि महेन्द्र मोरङको सी म्याट परीक्षामा मेरिल्यान्डकै छात्रा रशमी शाहले प्रथम स्थान हात पारेकी थिइन् भने बिबिए प्रथम सेमेस्टरको परीक्षामा हेनरीका ढकालले प्रथम भएकी थिइन् ।
त्यसै गरी २०७९ सालको कक्षा –१२ को बोर्ड परीक्षामा दिया अग्रवालले सर्वाधिक अङ्क ३।९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै यसै वर्षदेखि डिग्री क्याम्पस विराटनगरको बिबिए प्रवेश परीक्षाको नतिजामा मेरिल्यान्डकै छात्र शाश्वत ढकालले प्रथम स्थानमा नाम निकाल्न सफल भएका छन् । उक्त सफलताबाट कलेज गौरवान्वित भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

