विराटनगर । वडाध्यक्षले चलाएको कारको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु भएको हो ।

झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार साँझ कारको ठक्करबाट एक जना पैदल यात्रीको घाते भएका थिए । कारको ठक्करबाट । अन्दाजी ४० वर्षीय पुरुष गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको दमकका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए ।

पैदल हिँडिरहेका उनलाई शनिवार साँझ सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । चालकलाई म्याद थप गरेर अनुसन्धान अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।