
मणि दाहाल
व्यक्तिवादी महत्वकांक्षा अंगालेको शासक राष्ट्रको अभिषाप बन्छ । सत्ताको चास्नीमा उसले सबै होस गुमाउँछ । जनताबीचका प्रतिवद्धताहरु उसका लागि खेलौना बन्छन् । नीति नियम र नैतिकता केहि रहँदैन । राजकीय निकायमा आसिन जिम्मेवारहरु द्रव्यपिचास बन्छन् । अराजकताले साम्राज्य जमाउँछ । राजनीतिक दलहरुले जनताको विश्वास गुमाउँछन् । आम सरोकारवाला निकायहरु पथभ्रष्टताको होलीमा रम्छन् । समाज विकाशको गति विपरित गतिमा प्रवाहित हुन्छ । जनता करदाता र मतदातामा सीमित रहन्छन् । अनि कष्टकर जनजीविका नियति बन्छ । हाम्रो यो भोगाइ आजको मात्र हैन । यो श्रृङ्खलाले लामो यात्रा पार गरिसकेको छ । तर पनि सुधार छैन ।
हामी जनताले सच्चा र इमान्दार राजनेता पाउन सकेनांै । जननताले जसलाई विश्वास ग¥यो उ भष्मासुर भएर आम क्षेत्रलाई तहस नहस बनाइदिन्छ । पन्चायती शासनको अन्त्य पछि २०४७ सालदेखि आजसम्म पात्र मात्र फेरिए । तर प्रवृति फेरिन सकेन । राज्यको ढिकुटीमाथि ब्रम्हलुट मच्चाएर आफू र आसेपासेको सात पुस्तासम्मको व्यवस्थापननै पात्रहरुको नियति देखियो । नाना, माना र छानाका आकर्षक नाराहरु दलहरुका किताबी संगीत मात्र बने । राजा माहाराजालाई उछिन्दै दलीय नव माहाराजको ताण्डव नृत्य र त्यसकै आवरणको साधुवादले जनतालाई हैरानी बनायो ।
विधि विधान अत्यन्तै फितलो हुँदा अनुशासनहीनताले मौलाउने मौका पायो । बनेका विधिहरु पनि सानालाई मात्र लाग्ने राजकीय विषेशताले राज्यलाई निरिहताभित्र बन्धक बनायो । राज्यलाई निरिह बनाएर शासकीय उन्मत्तताको सीमा रहेन । कर्तव्यबोध भन्ने शब्दमा मात्र सीमित छ । यतिको अवधिमा अनेकौ शासकहरु आए । तर जनताले सुशासनको महशुससम्म गर्न सकेनन् । जुन जोगी आउाछ कानै मात्र चिरेको । बिगुत मात्र घसेको । तर सबै नक्कली । चलचित्रको पटकथा जस्तो लाग्ने उल्लेखित सवालहरु हाम्रा जीवनका तिता पक्षहरु हुन् ।
हाम्रो लागि आवधिक जन अभिमत प्रयोगशाला जस्तै बनेको छ । जसलाई विश्वास ग¥यो उही विश्वासघाती निस्कन्छ । अनि जो जनघाती, राष्ट्रघाती र विश्वासघाती छ उसैका ठूला कुरा जनताले सुन्नु पर्छ । अनि तिनैका विवेकहीन झोले दासहरु अनेकौं आवरणमा देखा पर्छन् । जनतालाई भ्रम छर्छन् । लुटको धनले अभिमत खरिद गर्छन् । कथित वौद्धिकहरु विवेक बेचेर दासताको भजन गाउँछन् । पेशेवर नागरिक समाज र अनेकौं नामधारी अधिकारकर्मी भनाउँदाहरु बुज्रुकताको सस्तो लोकप्रियताको पछि दौडन्छन् । अनि व्यवसायिकताको नाममा मिडिया त्यसैको भजन गाउँछ । यो पनि हामीले भोग्दै आएको वास्तविक कथा हो ।
बुज्रुकताको आडमा राजनीति व्यापार भएर राजनीतिज्ञ पर्दाभित्रको कालो व्यापारको चास्नीमा डुबुल्की मार्ने तितो सत्यभित्र हामी बाँचेका छांै । अल्पज्ञानको भूमरीभित्र निरिहताको मौनतामा रम्नु हाम्रो सनातनी धर्म भएको छ । जनघाती र समाजका चुसाहालाई फुल मालाले स्वागत गर्नु हाम्रो प्रचलन नै बनिसकेको छ । पाँच वर्षसम्म गाली गरेतापनि चुनावमा तिनै नरपशुको सिता खाएर गिता गाउनु हाम्रो संस्कृति बनेको छ । लुटाहालाई समाजसेवीको पगरिले सम्मान गर्नु हाम्रो सभ्यता भएको छ । किनकी हामी लोकतन्त्रको फोसो्र आडम्बरभित्र निरहितामा बाँचेका जनता हौँ ।
माहामारी हाम्रो अभिशाप अनि शासकको फलिफाप बन्छ । दुइ वर्षसम्म हामी कोभिड माहामारीको त्रासदीमा गुम्सियांै । कतिले ज्यान गुमाए । जनजीवन तहसनहस बन्यो । बनिरहेकै छ । अर्थतन्त्र थिलथिलो अवस्थामा छ । सामान्य जीवनस्तर टाट पल्टने अवस्थामा छ । तर यो विषमता शासकहरुको लागि स्वर्ण युग बनेको छ । कोभिड नियन्त्रणको नाममा आर्थिक वर्ष २०७७÷७८ सम्म ९३ अरब खर्चमध्ये ६० अरबको हिसाबकिताबै नभएको कुरा माहालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । तर हामी जनता रमिते मात्र हौँ । ६० अरबको हिसाब खोज्ने अवस्थामा छैनांै । राज्य त त्यसै नै निरिह छँदैछ । कस्तो बिडम्बना !
आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्म गुटका झोले पाल्न संघीय राज्य कोषबाट ३० करोड आर्थिक सहायतामा मात्र खर्च भएछ । यो पाँच वर्षको अवधिमा हालसम्म नाम जुर्न नसकेको बेनामे र बेकामे प्रदेशले गाडी मर्मतमा मात्रै ६ अरब खर्च गरेछ । कस्तो लुटतन्त्र ? हामी लुट र गुटको हतियार बनिरहेका छौं । हाम्रो विद्रोह लुटमा हुँदैन । गुटको स्वार्थमा मात्र हुन्छ । सक्नेले गर्छ नसक्नेले कराउँछ भन्ने हाम्रो चिन्तन छ । के हामी रमिते बन्नकै लागि जन्मलिएका हौँ ? मानव जीवनको उद्देश्य रमिता मात्र हो ? सोच्ने कसले ? अनि कहिले ?
दलको रामनामिमा छिपेको पथभ्रष्टताले विकराल रुप लिँदै छ । पथभ्रष्टताले विचार शून्यता जन्माएको छ । अनि सोही विचार शून्य भीडले राजनीतिक दल कब्जा गरेको छ । दलका शीर्षस्त भनाउँदाहरुबीच समुद्रमा डुब्न लागेको पानी जहाजको असफल क्याप्टेनको अवस्थामा छन् । इमानलाई पार्टीको मूल प्रवाहबाट गलहत्याइएको छ । भ्रष्ट, तस्कर र माफीयालाई पद र पदकले सम्मान गरी उनीहरुलाई लुटको प्रमाण पत्र दिइन्छ ।
देश अनेकांै प्रतिकूलताको सामना गरिरहेको छ । जननिर्वाचित प्रतिनिधि पात्रहरु जनताप्रति उत्तरदायी छैनन् । मौकामा चौका हान्नु उनीहरुको ध्यावन्ति छ । ठलूा राजनीतिक दलहरु माफिया, तस्क, डन र भ्रस्टचारीको घेराबन्दीमा छन् । राष्ट्रिय सम्पदाको दोहन सत्ता टिकाउने र चुनाव जित्ने माध्यम बनेको छ । जनतामा सुशासनको प्रत्याभूति छैन । इमान हराएको छ । जतततै बेइमानको साम्राज्य छ । राजनीतिक दलहरु दिशाविहीन अवस्थामा छन् । कर्मचारी प्रशासन द्रव्य पिचास छ । संवृद्धि र सुशासनका तगाराहरुलाई निर्मूल पार्न सकिएको छैन । राज्य यस्तै हुन्छ त ?