पत्रकार सुवेदीलाई मातृ शोक


विराटनगर । विराटनगरका पत्रकार तथा गोरखापत्र दैनिकका सह–सम्पादक शरदराज सुवेदीलाई मातृशोक परेको छ ।

पत्रकार सुवेदीकी आमा ७४ वर्षे मिना सुवेदीको आज शुक्रबार दिउँसो २ः४१ बजे विराटनगरस्थित घरमै निधन भएको हो । हिजो साँझसम्म सामान्य अवस्थामा रहनुभएकी उनी मधुमेह र उच्च रक्तचापको विरामी थिइन् । स्वास्थ्यमा केही समस्या देखिएपछि शुक्रबार दिउँसो अस्पताल लैजाँदै गर्दा उनको निधन भएको हो । सुवेदीको पार्थीव शरीरलाई शुक्रबार नै विराटनगर १ स्थित परोपकार घाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्य दिनेशराज सुवेदीले जानकारी दिए ।

एघार महिना अघिमात्र बाबु गुमाएका सुवेदी परिवारलाई एक वर्षभित्रै मातृवियोगको पीडा थपिएको हो । साहित्य समालोचक तथा प्राज्ञ दधिराज सुवेदीको गत वर्ष चैत ११ गते निधन भएको थियो । सुवेदीका दुई छोराहरु शरदराज, रुपकराज र एक छोरी छन् ।

शुक्रबार, २३ फागुन, २०८१, साँझको ०५:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर