विराटनगर । अवैध रूपमा भन्सार छली गरी ल्याएको १ लाख १४ हजार मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपमा ल्याएको कपडा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) दरैयाँले विराटनगर १६ दरैयाँको उखुबारीबाट भन्सार छली गरी ल्याएको कपडा बरामद गरेको हो ।
बरामद गरेको कपडा सशस्त्र प्रहरीले आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा आज बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरेको कपडा विराटनगरमा कपडाको तस्करी धन्दा चलाउने जनार्दन यादव रहेको बुझिएको छ । यादवले भारतदेखि भरिया प्रयोग गरी उखुबारी हुँदै कपडा तस्करी गर्दछन् ।
उनले भारतदेखि अवैध रूपमा तस्करी गरेर कपडा ल्याउने गर्दछन् । उनले क्या रिङ गराएर भण्डारण गर्ने र व्यापारीले भनेको ठाउँमा पु¥याउने जिम्मा लिने गर्दछन् । यसरी क्या रिङ गरेको कपडा गन्तव्यसम्म पु¥याउँदा उनले पिस हिसाबले व्यापारीसँग पैसा लिने गर्दछन् । सशस्त्र प्रहरीले आइतबार राती बरामद गरेको कपडा लाखौँ मूल्य बरावरको रहेको छ । १ बोरामा ५० देखि ७० पिस कपडा हुने गर्दछ । जर्नादनले तस्करी गरी ल्याएको कपडा विराटनगरको गोदाममा ल्याएर राख्ने गर्दछन् । उनले भारतदेखि तस्करीको कपडा ल्याउन झन्डै एक दर्जन भरिया प्रयोग गर्दछन् । कपडा गोदामसम्म भरियाले ल्याइपु¥याउँदा ५ सय देखि एक हजार रुपैयाँसम्म दिने गरेका छन् ।

