जटिल राजनीति र पुष्पलाल

 मणि दाहाल

नेपालको राजनीतिक इतिहासमा दुरदर्शी राजनेत्ताको नाम हो पुष्पलाल । राजनीतिक असहजताहरुलाई सहजताको सुत्र दिने सुपात्रको नाम हो पुष्पलाल । ३६ को जनमत संग्रह ४५ को प्रजातान्त्रिक आन्दोलन अनि ०६२ जनक्रान्ति र तिनको सफलता पुष्पलालले नै खनेको मार्ग हो । तर अपसोच !! उहाँकै मार्गमा हिडँने क्रमका कतिपय विचलन र अवसरवादको चास्नीले गर्दा राजनीतिक आन्दोलनबाट प्राप्त उपलव्धिलाई अझै संस्थागत गर्न सकिएको छैन । आर्थिक सामाजीक र सांस्कृतिक रुपान्तरण सहितको संवृद्ध नेपाल निर्माण गर्न सकिएको छैन । समाजवादको मार्ग तय गर्न सकिएको छैन ।

१९८१ आषाढ १५ गते भक्तलाल र तुलसीकुमारीको माहिलो छोराको रुपमा रामेछापमा पुष्पलालको जन्मभएको हो । उहाँ नेपाल कम्यूनिष्ट पार्टीका संस्थापकमात्र हैन कुशल माक्र्सवादी इतिहासकार हो । उहाँ कम्यूनिष्ट घोषण पत्रको अनुवादक र विचारक पनि हो । साथै गणतन्त्र, जनवाद र जनजीविकाको आवाज बुलन्द गर्ने पहिलो नेपाली र समाजवादी आन्दोलनका सुत्रधार समेत हो । उहाँलाई बहुआयामिक हिसाबबाट हेरियो भने मात्र उहाँप्रति साँचो सम्मान हुनजान्छ । आज शान्तिपूर्ण राजनीतिमा अवतरित कम्यूनिष्ट पार्टीहरुले अख्तियार गरेका चाहे जबज होस् अथवा वैज्ञानिक समाजवाद नै किन नहोस् सबै पुष्पलालको कपि पेस्ट हुन् ।

दाजु गांगालाल श्रेष्ठको पे्ररणाले उहाँ राजनीतिमा होमिनुभयो । उहाँले आन्दोलनलाई संस्थागत गर्न जरुरी देख्नुभयो । सोहि अनुरुप १९९८मा नेपाल प्रजातान्त्रिक संघको गठन भयो । सो मार्फत् राण शाहीको क्रुरताको विरुद्धमा जनमत जुटाउने काम भयो । त्यसबेला टंकप्रसाद आचार्य बन्दी जीवन बिताइरहनु भएको थियो । उहाँको हातको हतकडी सहितको फोटो खिच्नु भयो । त्यसलाई भारतको पटनाबाट प्रकाशित हुने जनता पत्रिकामा प्रकाशन गराउनुभयो । त्यसलाई पर्चाको रुपमा नेपालमा बाँड्ने काम गर्नु भयो । त्यस बेलाको जाहानियाँ क्रुरतामा यतिको जोखिम मोल्नु चानचुने कुरा थिएन ।

पुष्पलाल नेपालको जनवादी आन्दोलनलाई संस्थागत शुरुवात गर्ने पहिलो व्यतिm हो । नेपाल रास्ट्रिय काँग्रेससँग आवद्ध उहाँ २००४ सालको नागरिक अधिकारको आन्दोलनमा अग्रणी भूमिकामा रहनुभयो । तर, उहाँले यतिमा चित्त बुझाउनु भएन । अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक जर्जरताबाट नेपाली समाजलाई मुक्त गर्नु जरुरी देख्नुभयो । माक्र्सवाद—लेलिनवादको मार्गदर्शक सिद्धान्त बिना त्यो संभव थिएन । सोही अनुरुप २००५ सालमा कम्यूनिष्ट पार्टीको घोषणा पत्र प्रकाशन गर्नुभयो । २००६ साल वैशाख १० गते कोलकत्ताको श्यामाबजारमा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गर्नुभयो । उहाँ संस्थापक माहासचिव अनि नरबाहादुर कर्मचार्य, नारायणविलास जोशी, मोतिदेवी श्रेष्ठ, र निरन्जनगोविन्द बैद्य सदस्यको रुपमा रहनुभयो ।

वैदेशिक शोषण र दमन नसहने । एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य गर्ने । राष्ट्रिय स्वधीनता कायम गर्ने । संविधानको आधारमा जनताको नैसर्गिक अधिकारको रक्षा गर्ने । श्रमजीवि वर्गको हितमा काम गर्ने । क्रान्तिकारी भूमिसुधार लागु गर्ने । साम्राज्यवाद विरोधी शक्तिको सरकार बनाउने । लगायतका तत्कालीन प्रतिवद्धताहरु नेपालको वर्गीय मुक्ति आन्दोलनको अचुकमन्त्र सावित भयो । त्यसको परिणाम नै आजको वृहतर वाम आन्दोलन हो । तर, आजका कम्यूनिष्टहरुले त्यसलाई इमान्दार कार्यान्वयनमा ल्याए ल्याएनन् ? अनि पुष्पलालले देखाएको बाटोमा हिडदै छन् कि बिर्सिए ? मुख्य सवाल यहाँ छ ।

पुष्पललाल सिद्धान्तनिष्ठ, उदार प्रजातन्त्रवादी र सर्वहारा तथा श्रमजीवि वर्गका मुक्तिका अग्रदस्ता हुनुहुन्थ्यो । सादाजीवन, उच्च विचार र कठोर संघर्षका धनी हुनुहुन्थ्यो । उहाँले नेपाली समाजको वस्तुनिष्ठ वर्ग विश्लेषण गर्नुभयो । वर्गहरुको भूमिका र तिनीहरुबिचको अन्तरविरोधको अध्ययन गर्दै नेपाली समाजको द्वन्द्ववादी दृष्टिकोणको विकास गर्नुभयो । आज नेपाली समाजको वर्ग चरित्र त्यहि नै छ ।

पुष्पलाल माक्र्सवादी चिन्तकमात्र हैन उहाँ समाजशाश्त्रीय चिन्तक पनि हो । उहाँ दूरदर्शी राजनेता पनि हो । २०१७ सालको फौजीकाण्ड पछि पार्टी भूमिगत भयो । पार्टीको संगठन विस्तारका अतिरितm पञ्चायती व्यवस्थाको अन्त्यको जरुरी देख्नुभयो । त्यसका लागि संगठन र जनमत जुटाउन उहाँ अहोरात्र लागिपर्नु भयो । निरंकुशता अन्त्यको लागि कुनै एक राजनीतिक शक्तिबाट मात्र संभव थिएन । त्यसैकारण २०२५ सालमा संयुतm जनआन्दोलनको कार्यनीति अघि सार्नुभयो ।

संयुतm जनआन्दोलनको कार्यनीतिलाई तत्कालीन नेपाली काँग्रेसले समेत मजाकमा उडायो । मोहनविक्रम सिंहले गद्धार पुष्पलाल नामक किताव नै प्रकाशन गर्नुभयो । तर २०३३ सालमा बिपी सोही लाइनमा आउन बाध्य हुनुभयो । उहाँले राष्ट्रिय मेलमिलापको कार्यनीति अघि सार्नुभयो । २०४६ संयुतm जनआन्दोलन र २०६३ को जनक्रन्तिले सफलता प्रप्त ग¥यो ।

आज देशमा संघीय लोकतान्त्रिक राज्यव्यवस्था छ । तर जनता भने करदाता र मतदातामा मात्र सीमित छन् । अर्थात् गणतन्त्रले बोल्न दियो । बाँँच्न र आत्मसम्मानपूर्वक गरिखाने वातवरण दिनसकेन । पुष्पलाल प्रतिष्ठानका ओठे भतmहरुले जीविकाको व्यापारमात्र बनाए । तर पुष्पलालका विचारहरु जनजीविकासँग जोडिन सकेनन् । पुष्पलाल वर्षमा एक पटक मञ्चमा भाषणको साधन भए । पुष्पललालका अनुयायी भन्नेले देशको शासन सत्ता चलाउँदा पनि जनताले संवृद्धिको मार्ग र समाजवादको रुपरेखा देख्न सकेनन् । आज कम्यूनिष्ट आन्दोलन भष्मासुरहरुको हातमा छ ।

संसार आधुनिकताले सृजित भौतिक सम्पन्नतामा रमाएको छ । तर नेपाली जनता भने अभाव र कष्टकर दिनचर्यामा गुज्रनु परेको छ । देशले सच्चा तथा इमान्दार राजनेता पाउन सकेको छैन । राजनीतिलाई फोहोरी दलदलमा रुपान्तरण गरिएको छ । आत्मसम्मान गिर्दो छ । राष्ट्रियता ठगिखाने भाँडो भएको छ । पुष्पलाल जस्तो दूरदर्शी तथा सादगी राजनेताको अभाव खड्किरहेको छ । तर, उहाँले यस संसारबाट बिदा लिएको ४४ वसन्त पुगिसकेको छ । अर्थात् २०३५ साल साउन ७ गते ५२ वर्षको उमेरमा भारतमा उपचारकै क्रममा उहाँको निधन भयो । उहाँप्रति हार्दिक श्रद्धासुमन ।

शुक्रबार, ०६ साउन, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर