विराटनगर । २०९ औ भानु जयन्तीको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता रहेको प्रतियोगितामा उजागर नेपाल प्रथम भएका छन । यस्तै विचार शिर्षकको कविता वाचन गरेका पुष्पराज तिम्सिना द्धित्तिय र ओजस्वी कर्ण तृतिय भएका छन ।
प्रतियोगिताका विजयीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कवि मीनकुमार श्रेष्ठ र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रमाणपत्र र नगद हस्तान्तरण गरेका हुन ।

