वैशाखमा पनि बिद्युत महशुल छुट

काठमाडौं । सरकारले विद्युत महशुल र विजुलीको महसुलमा इन्टरनेटमा २५ प्रतिशत छुट वैशाख महिनामा पनि दिने भएको छ ।

गत चैत ११ गते लकडाउनको घोषणा गरेपछि सरकारले घोषणा गरेको राहत प्याकेजमा चैत महिनामा २५ प्रतिशत विद्युत महशुल छुट दिने निर्णय गरेकोमा वैशाखमा पनि त्यसलाई निरन्तरता दिने भएको हो ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउन नखुलेकोले वैशाखमा पनि महशुल छुट दिने निर्णय गरेको छ । सरकारले इन्टरनेटमा पनि छुट दिने निर्णय गरेकोमा इन्टरनेट सेवा प्रदायकले भने यस्तो छुट दिन नसकिने अडान लिँदै आएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुटलाई निरन्रता दिने अर्थ मन्त्रालयको प्रस्ताव छ । निजी सेवा प्रदायकसमेत समेत सोहीअनुसार व्यवस्था मिलाउनुपर्ने छ ।

नेपाल विद्यूत प्राधिकरणले मासिक १५० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो । मासिक २५० यूनिटसम्म विद्यूत महसुल खपत गर्ने ग्रार्हस्थ ग्राहकलाई लकडाउनको अवधिभर १५ प्रतिशत छुट दिने निर्णयसमेत भएको छ ।

लकडाउन अवधिमा बन्द रहेका रहेका उद्योगको डिमाण्ड शूल्क छुट वा सहुलियत दिने विषयमा नेपाल विद्युत प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।

यस्तै विद्यूत, खानेपानी, टेलिफोन तथा इन्टरनेटको फागुनयता जेठसम्मको महसुल भुक्तानी २०७७ असार मसान्तसम्म बुझाएमा विलम्ब शुल्क नलाग्ने भएको छ ।

बिहिबार, १८ बैशाख, २०७७, साँझको ०७:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर