गंगा गौतम आचार्य
खै के साइनोले सम्बोधन गरौं साइनोनै टुटाएपछी…..तै पनि तिमिलाई पाइलै पिच्छे सफलताको शुभकामना मेरो हिउँचुली जस्तो मनबाट ।
धेरै समय पश्चात् अकस्मात तिम्रो सम्झना आयो त्यसैले म अतीत तिर फर्किएर कापीमा पोखिएकी मात्र हुँ मेरो भन्नु केहि छैन ।
जिन्दगीको यात्रा छिचोलेर यहाँसम्म आइपुग्दा नचस्किएको छाती आज चस्किएको छ, नझस्किएका आँखा झस्किएका छन् ! चिनजान भएको पहिलो दिन् फुर्किएका मेरा पाइलाको म कुन शब्दले वर्णन गरुँ । त्यसैगरि तिमीले लगाएको साइनो जुन साइनो मेरो आमाको काख भन्दा न्यानो थियोे तर म आज तिमीबाट अलिकति दुखें, केही छैन मलाइ हार्न म हारिरहन्छु तिमी जितिरहनु । तिमी यति ठूलो भएको हेर्न चाहन्छु कि मैले तिमीलाई भेट्न आकाश छुन परोस् ।
हुनत मैले पनि अलिकती जीवन पढेकी छु, अलिअली साहित्य पनि, त्यसैले तिमीलाई पढ्न त्यति गा¥हो नपर्ला भन्ने लागेको छ, तिमी सम्वेदना सहितको मान्छे हौ कि पत्थरको म कसि लगाइरहेको छु । मैले तिम्रो अधरमा अलिकति मुस्कान सल्बलाएको देखेपछी एउटा हासो सँगै हास्न मन लागेर नै तिमीसङ्ग नजिकिएकी थिएँ । त्यसै बेला तिम्रा आँखामा हिंसाको फिलिगो जस्तो त देखिएको थियो मैले दृष्टिभ्रम भयो होला भनेर वास्ता गरिन वा तिम्रो न्यानो साइनोमा किरा पार्न चाहिन ।
तिमीलाई मैले आफ्नो भन्दा पनि आमाको काखझंै सम्बोधन गरिसकेकी छु । नम्बर हेरें मोबाइल सेटमा । तिम्रो नम्बर रेकर्ड थियो । फुरुङङ्ग फुर्किएर उठाएँ । त्यही साइनो जसमा म अल्झिएको छु बाट सम्बोधन गरी मलाई भेट्न भन्या,ै म पनि फुर्किएको मन लिएर बाटाका मान्छेहरु सँग ठोकिदै तिमीसँग आइपुगें । त्यस बेलासम्म म तिमीलाई मेरो हिमाल देख्थें मेरो चाँदनी देख्थें, जब मेरो उपस्थितिलाई रंगिन बनाउन तिमीले रसपान ग¥यौ मैले त्यसबेला आकाश खसेको देखें ।
त्यसलाई पनि मैले स्वभाविक ठानेर फर्किएको थिएँ । तर, त्यहाँ पछिको तिम्रो व्यवहार दिनदनै रुखो हुँदै गयो र यहाँसम्म आइपुग्दा मरुभुमी बन्यो । बल्ल थाहा भयो तिमी पत्थरको मान्छे रहेछौ भनेर । तिमीभित्र न कुनै दया छ न कुनै प्रेम । तिमी मलाई जितेँ भनेर विजयोत्सव बनाइरहेका हौला तर तिमीले आफंैलाइ दुनियाँका सामुन्नेमा हराइरहेका छौ । म हारेर जित्छु तिमी जितेर हार्छाै । तिम्रो जितले कालन्तरमा तिमीलाइ कहिल्यै जित्न नसक्ने गरि हराउँछ तर मेरो हारले एकपटक जित्छ सँधै सँधैका लागि जित्छ, हुन त म त्यति कमजोर नारी होइन जुन तिमीले बुझेका छौ । मैले बाँचेको जीवन एउटा जटिल जीवनको परिभाषा हो । मैले जुन संघर्षसहितको जीवन बाँच्न सकेकी छु त्यो तिमीले कल्पन गर्न सक्दैनौ किनकी तिमीमा कुनै मान, सान र सम्पतिको कमि छैन । म त अभावै अभाव भित्रको जीवनलाइ जीवन ठान्दछु र नै त तिमीभन्दा शारीरिक र मानसिक रुपमा स्वस्थ र सम्पन्न छु ।
मैले यति धेरै कुरा किन भनेहँुला ? तिमीमा सोच्ने मस्तिष्क छ भने तिम्रो जीवनकै लागि राम्रो पाठ हुनेछ, र मलाई नभएपनी कसैलाई यसले न्याय मिल्नेछ ।
तिम्रो कारणले यति धेरै त्रासदिपूर्ण बन्यो मेरो जीवन सुरक्षा त कता हो कता बरु नङ्ग्याएर मेरो सर्वाङ्गमा आँखा लाउन हतारियौ । मेरो मायालाई दुत्का¥र्यौ । त्यो कुनै दिन तिमीलाई पछुतो हुनेछ । मसँग दुख्ने मन थियो र दुख्यो सायद निको पनि होला । तर, दुखाउन बानी परेकाहरु घाउ खोजिरहन्छन् । हिड्नेहरुलाई नै ठेस लाग्ने हो । कुद्नेहरु नै लड्ने हुन् ।
चिट्ठीमा सबै कुरा त अटाउँदैन जति चाहिने हो त्यो अटाउने कोसिस गरेको छु । एउटा महत्वपूणृ कुरा छुट्यो ‘आँशू’ यो जीवनको मूल्यवान बस्तु हो । त्यसको मूल्य केबल बगाउनेलाई मात्र थाहा हुन्छ । मैले तिम्रो सम्झनामा एउटा समुद्र बगाइसकेको छु । अब तिम्रो व्यक्तिगत घटनामा समेत मेरा आँशु बग्दैनन् । यो मेरा लागि दुःखद भएपनि मैले यसलाइ जित र हारसँग दाज्न चाहेकी छु । र, गर्वका साथ भन्छु यो मेरो जित हो । तिम्रो प्यारो साइनोप्रती मलाई घृणा छ । त्यसैले जीवनको कुनै मोडमा भेट भए तिमीले मसँग नजर नजुधाउनु । साइनोको त के कुरा त्यतिनै न्याय गर्नु भैगो । अरु बाँकी जीवन म आफैं बाचुँला । (सामाजिक सञ्जालबाट)